बेनेलीको स्कुटर प्यानेरिया बजारमा



काठमाडौं, (नेस) ।

नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । एक कार्यक्रमकाबीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ । इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोर्डन फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो ।

यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युलइन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७ हजार ५ सय आरपीएममा ८ दशमलव ५ पीएसको पावर र ६ हजार आरपीएममा ९ दशमलव २ एनएम टर्क जेनेरेट गर्छ । यसमा मुनलाइट रिफ्लेक्सनसहितको डिजिटल ड्यास बोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ ।

प्यानेरिया १२५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र एल्लो गरी रङमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपियाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्