श्री लालीगुराँसको २२औँ साधारण सभा सम्पन्न



ललितपुर, (नेस) ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र चुनौतिको बारेमा जानकारी गराउनुभएको थियो ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उहाँको भनाइ छ । कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारीमध्ये श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो । कोभिड–१९का कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले देशकै उत्कृष्ट सहकारी संस्थाको पहिचान बनाउन सफल संस्थाले ५ वर्षे रणनीति तयारी गरी लागँ गर्ने योजना रहेको बताउनुभयो । रणनीतिसँगै व्यावसायिक योजना बनाउने छौं त्यहीअनुसार संस्था अघि बढ्नेछ । उहाँले संस्थाको लगानीमा सञ्चालिन अधिकांश संस्थाले प्रतिफल दिएको उल्लेख गर्दै ती संस्थाहरुलाई थप प्रविधियुक्त बनाइने दाबी गर्नुभयो । उहाँले छिट्टै थप सदस्य सुविधा काउन्टरको बिस्तार, थप एटीएम सेवाको शुरुवात गर्ने जानकारी गराउँदै संस्थालाई थप प्रविधिमैत्री र व्यावसायिक रुपमा अघि बढाउने बताउनुभयो ।

देशभरका सहकारीको शेयर पुँजी १ खर्ब ५० करोडभन्दा बढी रहेको, बचत परिचालन ८ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ । उहाँले देशभर सञ्चालित सहकारी संघ संस्थाले प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पँर्व सदस्य एवं अर्थविज्ञ डा. जनकराज शाहले मुलुकको हालको आर्थिक अवस्था र सहकारी क्षेत्रले खेल्नुपर्ने भँमिकाको बारेमा बोल्नुभएको थियो । उहाले संस्था अघि बढाउन सबै कर्मचारी, विज्ञ सल्लाहकार र सञ्चालक समितिको मुख्य भँमिका रहने उल्लेख गर्नुभयो । २१ वर्ष अवधिमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ ।

संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठँलो गाई फार्म श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर संचालन गरेको छ । संस्थाले गत वर्षदेखि ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगसमेत सञ्चालन गरेको छ । संस्थाले निकट भविष्यमा काठमाडौंको नयाँबजार, महाराजगन्ज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

संस्थाले स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि.÷कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरबकुण्ड हाइड्रोपावर लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ । साधारण सभामा संस्थाका सर्वोत्कृष्ट कर्मचारीमा पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको छ । साथै १५ वर्ष स्थायी सेवा अवधि पँरा गर्ने दिपेश अधिकारी, ५ वर्ष स्थायी सेवा पँरा गर्ने शशिकला भण्डारी, रवीन्द्र महर्जन , किशोरी महत, चित्रा जिमी, तारालक्ष्मी सुनुवार, शोभा भण्डारी र सीता अधिकारीलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्