नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक नम्बर दाबी



काठमाडौं, (नेस) ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कम्पनीहरूमध्ये आफूलाई एक नम्बर भएको दाबी गरेको छ । कम्पनीले आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म ११८ दशमलव ७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४० दशमलव ५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७ दशमलव १९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको उल्लेख गर्दै सो दाबी गरेको हो ।

कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार कम्पनीलाई यस उचाईसम्म पुर्याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्याएका शेयर होल्डर्स, कर्मचारी, अभिकर्तालगायतलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्