एनएमबि बैंकले थप दुई जलविद्युतमा लगानी गर्दै



काठमाडौं, (नेस) ।

एनएमबि बैंकले १३ दशमलव ५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर काबेली खोला– ‘ए’जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिकामा निर्माण भइरहेको सुपर काबेली खोला– ‘ए’ जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरु क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्वारा निर्माण भइरहेको छ।

ती आयोजनामा एनएमबि बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंकले सहवित्तीयकरण गरेको छ। १३ दशमलव ५ मेगावाट (सुपर काबेली खोला–‘ए’ जलविद्युत् आयोजना) तथा १२ मेगावाट (सुपर काबेली खोला क्यासकेड जलविद्युत् आयोजना) क्षमता भएको आयोजनाको कुल लागत क्रमशः २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रुपियाँ रहेको छ जसमध्ये बैंकहरुको लगानी क्रमशः. १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रुपियाँ रहने छ ।

यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्