नेपाल बंगलादेश बैंकको अनलाइन मुद्दती खाता



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np माअनलाइन फिक्स डिपोजिट मा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्ने बैकले जनाएको छ ।

बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्