ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित खाता



काठमाडौं ।

ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थालाई लक्षित गरी छ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबलएन आरएनएफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् । अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एन आरएनएफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक ब्याजदर प्रदान गरिने छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।

उक्त खाता सञ्चालकलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट हुनेछ । त्यस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिनेछ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान हुनेछ । साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निःशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्