सेञ्चुरी बैंकको लाभांश प्रस्ताव



काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ दशमलव शून्य ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पुँजीको ६ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार पाँच सय दुई रुपियाँ पचास पैसामा ५ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ३९ हजार ६ सय ९६ रुपियाँबराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार रुपियाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्