यो महिना ३० प्रतिशत पुँजीगत खर्च होला त ?



काठमाडौं ।

पुँजीगत खर्च नहुँदा सरकारको आलोचना भएपछि अर्थमन्त्रीले पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न सरोकारवाला मन्त्रालयहरूसँग छलफल चलाउनु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला मन्त्रीहरुसँगको छलफलमा सो आग्रह गर्नुभएको हो । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको भन्दै उनले विकास खर्च गर्ने मन्त्रालयहरूलाई त्यसतर्फ ध्यानकर्षण गरिएको छ ।

बजेटको ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन । आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्ने भन्दै अर्थ मन्त्रालयले गर्नुपर्ने समन्वयलगायत काम समयमै गर्ने प्रतिवद्धता अर्थमन्त्रीको छ । बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने अर्थमन्त्रीको भनाइ थियो ।

‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौं, समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने अर्थमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्