यातायात व्यवसायी संकटमा



बुटवल ।

भारतीय गाडीको ओभरलोड नियन्त्रण र सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा लागू नगर्दासम्म ट्रक व्यवसायीको पेसा सुरक्षित नहुने यातायात व्यवसायीहरुले बताएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण समारोहमा बोल्ने यातायात व्यवसायीले सो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष यमप्रसाद पाण्डेले व्यवसायीको हितमा व्यावसायिक एकता कायम गरेर काम गर्ने प्रतिबद्वता जनाउनुभयो । सरकारले तोकेको भाडा ल्याउन र भारतीय ओभरलोड गाडिहरुको आगमनलाई रोक्न अग्रजहरुको सल्लाह र व्यवसायीहरूसँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष पाण्डेको भनाइ थियो ।

कार्यक्रमका नेपाल ट्रक यातायात व्यवासायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन राना भाटले विधानलाई मानेर काम गर्न आग्रह गर्दै राज्यले तोकेको भाडा ल्याउन नसक्नु आफूहरूकै कमजोरी भएको बताउनुभयो । व्यवसायीले पूरा भाडा ल्याउनका लागि अब माल समानको अनिवार्य रुपमा बीमाको व्यवस्था गनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्