मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत : अध्यक्ष रायमाझी 



न्युज अफ नेपाल, काठमाडौं । 

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आरती बहुउद्देश्यीय सहकारी संस्थाको २७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष रायमाझीले यस्तो बताएका हुन् । उनले भने, ‘मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक छन्, अर्थतन्त्रमा गम्भीर संकट देखा परेको छ । यो राम्रो संकेत होइन ।’

उनले व्यापार घाटा झन्डै ६ खर्ब रुपैयाँ पुगेको भन्दै अर्थतन्त्रमा नै मन्दी आउन सक्ने देखिएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।अर्थतन्त्रमा देखिएको तत्कालीन समस्या समाधानका लागि पूँजीगत खर्च बढाउनुपर्नेमा रायमाझीको जोड छ ।

उनले पुँजीलाई आधुनिक कृषि र उत्पादनमा लगानी गरेर स्वदेशमा नै रोजगारको वातावरण सृजना गर्नुपर्ने बताए । कार्यक्रम संस्थाका अध्यक्ष निरन्जन कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्