कुमारी बैंकको मोबाईल एप्स् बाट फोनपेमा किस्ताबन्दीमा रकम तीर्न सकिने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको अग्रणी भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्स् मार्फत किस्ताबन्दीमा रकम तीर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो ।

यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआर मार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सकिनेछ । यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्ने बताइएको छ ।

कुमारी बैंकको मोबाईल एप्स् मार्फत क्यूआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउनेछ । उक्त अप्सन मार्फत ग्राहकले इएमआई मार्फत समेत भुक्तानी गर्न सक्नेछन् । मर्चेन्टलाई भने कुमारी बैंकले तत्कालै रकम भुक्तानी दिनेछ भने ग्राहकले किस्ताबन्दीमा तिर्न सक्नेछन् ।

एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोनलोन सेवा समेत सुरु गरेको थियो । अहिले फोनपेको क्यूआर मार्फत उक्त सेवाको लोकप्रियतालाई ध्यानमा राखेर इएमआईसहितको भुक्तानी सेवा सुरु गरिएको हो । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स् मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्