मूल्यवृद्धि पहाडमा धेरै



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव शून्य ५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४ दशमलव ७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ७३ प्रतिशत रहेको छ ।

गत वर्षको कात्तिकको तुलनामा यस वर्षको कात्तिकमा घ्यू तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९ दशमलव ११ प्रतिशत, १२ दशमलव ३६ प्रतिशत, १० दशमलव ९१ प्रतिशत, १० दशमलव ७० प्रतिशत, १० दशमलव ३० प्रतिशत र १० दशमलव २४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६ दशमलव १४ प्रतिशत, तराईमा ३ दशमलव ९५ प्रतिशत, पहाडमा ७ दशमलव १४ प्रतिशत र हिमालमा ५ प्रतिशत मुद्रास्फीति रहेको छ । यी क्षेत्रहरुमा गत वर्ष क्रमशः ३ दशमलव ३९ प्रतिशत, ४ दशमलव ६९ प्रतिशत, ३ दशमलव ६४ प्रतिशत र ४ दशमलव ३२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्