चालू खाता घाटामा



काठमाडौं, (नेस) ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा चालू खाता २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९ दशमलव ३ प्रतिशतले कमी आई २ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्