हस्तकलाले व्यापार घाटा न्यूनीकरणमा सहयोग : उपराष्ट्रपति



काठमाडौं, (नेस) ।

उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल हस्तकला महासंघको स्वर्ण महोत्वसको घोषणा तथा १०औंं हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

उपराष्ट्रपति पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रहसमेत गर्नुभयो । नेपाली हस्तकलाले व्यापार घाटा न्यूनीकरणमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले महासंघले स्वर्ण वर्षभरी हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाईन विकास र सीप हस्तान्तरणसम्बन्धी तालिम सञ्चालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमुलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्काशन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्