ग्लोबल आइएमई बैंकको लाभांश पारित



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ को कुल नाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको साधारणसभा सम्पन्न भएको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन नाफा ७ अर्ब ९ करोड रुपियाँ र करपछिको मुनाफा ४ अर्ब १६ करोड रुपियाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपियाँ पुग्नेछ ।

साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो । बैंकको खुद मुनाफा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ४३ दशमलव २० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपियाँ पुगेको हो । हाल बैंकले २ खर्ब ७४अर्ब रुपियाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपियाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्