एनएमबि बैंकको डिजिटल सेवा



काठमाडौं, (नेस) ।

एनएमबि बैंकमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण पूरा, अपडेट गर्न सकिने योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत् गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायतमा २ हजार ५ सय वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी गराइएको छ ।

एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै शुरूदेखि अन्त्यसम्मको पूर्ण डिजिटलरूपमा खाता खोल्ने प्रक्रिया शुरू गर्ने पहिलो बैंक हो ।

‘एनएमबिले ग्राहकको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरू सञ्ंचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकको लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ प्रदान गर्दछ । जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरणमैत्री बैंकिङ प्रतिप्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्