नेप्सेमा निरन्तर ओरालो



काठमाडौं, (नेस) ।

साताको दोस्रो दिन सोमबँर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९ दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार २८१ दशमलव ६७ अंकमा ओर्लेको छ । कुल २३३ कम्पनीको ९६ लाख ७९ हजार कित्ता शेयर ३ अर्ब ९९ करोड ५६ लाख चार हजार रुपिया“मा कारोबार भएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब ७ अर्ब ७८ करोड १० लाख ९५ हजार रुपियाँमा झरेको छ ।

सोमबार कारोबार भएका १३ वटै समूह ओरालो लागेका छन् । जसमा बैंकिङ ३४ दशमलव ११, व्यापार ९९दशमलव ११, होटल तथा पर्यटन ५४ दशमलव ९२, विकास बैंक २११ दशमलव ७६, जलविद्युत् १०५ दशमलव ८२, वित्त १०९ दशमलव ७८, निर्जीवन बीमा ५४५ दशमलव ९८, उत्पादन १७१ दशमलव ७२, अन्य ६९ दशमलव ३५, लघुवित्त १८७ दशमलव ३३, जीवन बीमा ४२५ दशमलव ३३, सामूहिक लगानी कोष शून्य दशमलव २४ र लगानी ३ दशमलव ५५ अंकले ओरालो लागेको छ । कारोबारका आधारमा सोमबार नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १८ करोड तीन लाख ५९ हजारको कारोबार भएको छ । यस्तै, नेसनल हाइड्रोपावर १३ करोड ४१ लाख ९८ हजार, हिमालयन डिस्टिलरीको १२ करोड ८ लाख २६ हजार, मञ्जुश्री फाइनान्सको १० करोड ९२ लाख ९५ हजार र महालक्ष्मी विकास बैंकको १० करोड १३ लाखको कारोबार भएको छ ।

समग्र परिसूचक घटे पनि गोर्खाज फाइनान्स ९ दशमलव ४७, बोटलर्स नेपाल तराई ५ दशमलव ४०, युनिलिभर नेपाल ४ दशमलव शून्य ३, माउन्टेन इनर्जी ३ दशमलव ९२ प्रतिशतले शेयर बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, गुडविल फाइनान्स र आ“खु खोला जलविद्युत् कम्पनीको शेयर भने उच्च प्रतिशतमा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्