एलजीका वासिङ मेसिनको माग बढ्यो



काठमाडौं, (नेस) ।

एलजीको नयाँ मोडलका वासिङ मेसिनको माग दोब्बरले वृद्धि भएको जनाएको छ । लेटेस्ट प्रविधि रहेका मेसिनले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउँछ ।

कपडाको हरेक रेसा–रेसाभित्र पसेर ९९ दशमलव ९ प्रतिशत किटाणु नष्ट गर्छ । कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पनमुक्त गर्छ । यस वासिङ मेसिनमा १० वर्षको वारेन्टी रहेको छ ।

यसैगरी एलजीको फ्रन्टलोड वासिङ मेसिनले आफुलाई सर्वाधिक बिक्री हुने वासिङ मेसिन ब्राण्डमा स्थापना गरेको छ । नेपालमा एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्