एभरेष्ट नेपाल कल्चरल ग्रुपले दियाे उपराष्ट्रपतिलाई धन्यवाद



न्युज अफ नेपाल, काठमाडौं ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा उपराष्ट्रपतिलाई धन्यवाद पत्रसहित भेटवार्ता गरेको छ । गत वर्ष फाल्गुनमा एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा आयोजना भएको दसौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको प्रमुख अतिथी उपराष्ट्रपतिलाई एभरेष्ट नेपाल कल्चरल ग्रुपका पदाधिकारीहरुले भेटी उपराष्ट्रपतिलाई धन्यवाद पत्र प्रदान गरेको थियो ।

सोही अवसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपमा रही नेपाली कला संस्कृतिको सम्बर्दन तथा प्रबर्दनको लागि लामो समय देखी अनब्रत लागि रहेका कलाकार हरुलाई उपराष्ट्रपतिबाट सम्मान पत्र प्रदान गरियो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला रामचन्द्रको नेतृत्वमा, निर्देशक श्रीमती सीतल आचार्य सिता निर्देशकद्वय प्रदीप तिमल्सिना, दीपेन्द्र राम भण्डारी, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के. सि., वरिष्ठ नृत्य निर्देशक . शम्भु शाही, प्रशासन अधिकृत .डेक प्रसाद अधिकारि (गोपाल), सदस्य मान बहादुर श्रेष्ठ(राम) तथा श्री सुनिल नेपालको उपस्थित रहेको कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको आउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलाहरुमाउपराष्ट्रपतिले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्