काठमाडौं ।
मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उत्तमबहादुर केसीको सभापतित्वमा उक्त साधारण सभामा सम्पन्न भएको हो ।
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा बागमती प्रदेशका सहकारी विभागका रजिष्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलगायतले शुभकमना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संस्थाको शिक्षा उपसमितिलाई क्रियाशील बनाउन आग्रह गर्नुभएको थियो । त्यस्तै बागमती प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।
साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सहकारीको अनुमानित आय व्याय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो । संस्थाका अध्यक्ष उत्तमबहादुर केसीले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदनअनुसार आव २०७७/७८ मा संस्थाको शेयर पुँजी ३ करोड ३६ लाख १० हजार ७ सय रहेको छ । संस्थाका एक हजार ८ सय ५८ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा र अन्य कोषमा १ करोड २९ लाख ९२ हजार ६ सय ३६ रुपियाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।
त्यस्तै संस्थाले ३२ करोड ७७ लाख ३१ हजार निक्षेप संकलन गरी ३६ करोड ४२ लाख ८८ हजार रुपियाँ कर्जा लगानी गरेको छ । सहकारीले तारकेश्वर नगरपालिका–८ जरङ्खुमा २० आना क्षेत्रफलमा बहुउद्देश्यीय भवन बनाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । त्यसका निम्ति भहकारी भवन निर्माण आवधिक बचत योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार न्युनतम् ५ लाख एकमुष्ट सोण् नो प्रतिशतका दरले चार वर्षमा साँवा ब्याज भुक्तानी र वैदशिक भ्रमण सुविधा रहेको छ । त्यस्तै न्यूनतम् २ लाख २५ हजार रुपियाँका दरले चार वर्षमा साँवा ब्याज भुक्तानी र आन्तरिक भ्रमण सुविधा रहेको छ ।
साधारण सभाले सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावसमेत पारित गरेको संस्थाका सञ्चालक मित्रलाल श्रेष्ठले जानकारी दिनुभयो छ । सामाखुशीमा प्रधान कार्यालय रहेको संस्थाका तारकेश्वर–८, जरङ्खु, बागबजार, नागार्जुनको देवनगर र नयाँ बानेश्वरमा सेवा केन्द्र रहेका छन् ।











प्रतिक्रिया