शेयर लगानीकर्तालाई एक सातामा १ खर्ब ९१ अर्ब नोक्सान

0
Shares

काठमाडौं, (नेस) ।

अघिल्लो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत कम्पनीहरूको कुल बजारपुँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख रुपियाँ रहेकोमा यस साता १ खर्ब ९१ अर्ब ५० करोडले घटेर ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख रुपियाँमा झरेको छ । ४५ खर्ब रुपियाँ नजिक पुगेको बजार लगातार घटेको स्थिति छ ।

यस साता नेप्से ५ दशमलव २७ प्रतिशतले घटेर २४४९ दशमलव ९७ विन्दुमा झरेको छ । अघिल्लो साता २५८६ दशमलव १९ विन्दुमा रहेको थियो । यस साताको कारोबार रकम पनि घटेको छ । अघिल्लो साता १९ अर्ब ८ करोड ८७ लाख ८९ हजार बराबरको ३ करोड ९८ लाख १९ हजार कित्ता शेयर कारोबार भएकोमा यो साता १७ अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको ३ करोड ९५ लाख ६ हजार कित्ता शेयर कारोबार भएको छ । यो साताको कारोबारमा वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताभन्दा यो साता वित्त समूहको परिसूचक सर्वाधिक ९ दशमलव ७७ प्रतिशत घटेको छ ।

त्यस्तै बैंकिङ समूहको ३ दशमलव ९९ प्रतिशत, व्यापार समूहको ७ दशमलव ६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ४ दशमलव ७३ प्रतिशत, विकास बैंकको ७ दशमलव ५७ प्रतिशत, जलविद्युत’ समूहको ६ दशमलव ६२ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव ९१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ५ दशमलव ७७ प्रतिशत, अन्य समूहको ४ दशमलव ७७ प्रतिशत, लघुवित्तको ५ दशमलव ७५ प्रतिशत, जीवन बीमा समूहको ४ दशमलव ७२ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव २६ प्रतिशत र लगानी समूहको ५ दशमलव ७६ प्रतिशत परिसूचक घटेको छ ।