नाडाको निर्वाचन : नयाँ नेतृत्वका लागि मतदान जारी



न्युज अफ नेपाल, काठमाडौं ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि आज (विहीबार) काठमाडौंमा मतदान हुँदैछ। नेतृत्वका लागि व्यापारिक घरानाका करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्। चौधरी र थापा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

पछिल्लो पटक नाडाको सदस्य संख्या पनि विस्तार भएको छ। यो पटक २ हजार २ सय नयाँ सदस्य नाडामा थपिएका छन्। मतदान विहान ८ बजेदेखि सोल्टी होटलमा जारी छ।

चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीको समर्थन रहेको बताइन्छ ।

थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन छ। यसअघि दुबै समूहले भोट आफ्नो पक्षमा पार्न ठूलै कसरत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्