सांसद अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित



न्युज अफ नेपाल, काठमाडौं ।

सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह सँग हारेका हुन् ।

विजयी भएको मन्त्री सिंहको प्यानलले ५ सय भन्दा बढी मत ल्याउँदा उनले २ सय ४८ मत मात्र प्राप्त गरेको जनाइएको छ । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने भएका छन् ।

सर्लाहीमा क्रियाशील सदस्यताको फाराम वितरणदेखि नै विवाद थियो । उक्त विवादले उग्र रूप लिँदा त्यहाँ पटक-पटक कार्यकर्ताबीच झडप समेत हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्