सीडी रेसियो ९१ प्रतिशतभन्दा बढी



काठमाडौं, नेस ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन बढे पनि कर्जा–निक्षेप अनुपात सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा बैंकहरूमा ७ अर्ब रुपियाँ निक्षेप बढेको छ तर कर्जा लगानी १४ अर्ब रुपियाँले बढ्दा अहिले बैंकहरूको सीडी रेसियो ९१ दशमलव २४ प्रतिशत रहेको छ ।

बैंकहरूमा मंसिर १० गतेसम्म ४२ खर्ब १९ अर्ब रुपियाँ निक्षेप रहेको मंसिर १७ गतेसम्म आउदा ४२ खर्ब २६ अर्ब रुपियाँ पुगेको छ । सोही अवधिमा ४० खर्ब ५५ अर्ब रुपियाँ कुल कर्जा लगानी बढेर ४० खर्ब ६९ अर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ९० प्रतिशतमा सीमित गरेको भए पनि त्यो सिमाभन्दा माथि पुग्दा बैंकहरूमा अहिले तरलताको चाप बढेकोे छ ।

प्रतिक्रिया दिनुहोस्