शिवम् सिमेन्टद्वारा गण्डकीका ५ सय निर्माणकर्मीको बीमा



काठमाडौं । 

शिवम् सिमेन्टले गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माणकर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तत्र्रिmया कार्यक्रमा पाँच सयभन्दा बढी निर्माणकर्मीहरुसंग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तत्रिृmया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख रुपियाँ बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङलगायत जिल्लाका विभिन्न १० स्थानमा कार्यक्रम गरेको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरु संग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्