एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार स्थापना



काठमाडौं, नेस । 

एक लाख रुपियाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार स्थापना भएको छ । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक लाख रुपियाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

बैंकिङ तथा बीमा विज्ञ एवम् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसद्वारा स्थापित अक्षय कोषबाट नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा ‘शारदा-ढुण्डीराज– नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ पुरस्कार प्रदान गर्नेछ ।

भट्टराईले आफ्ना माता पिताको नाममा सो पुरस्कार स्थापनाका लागि नाफिजमा १० रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपियाँको चेक बुधबार हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्