विदेशी विनिमय सञ्चिति घट्यो



काठमाडौं, (नेस) । 

गत आर्थिक वर्षको अन्त्यमा १३९९ अर्ब २ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ दशमलव ७ प्रतिशतले घटेर असोज मसान्तमा १३१९ अर्ब ३२ करोड रुपियाँ कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा असोज मसान्तमा ६ दशमलव ५ प्रतिशतले घटेर १० अर्ब ९८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२४४ अर्ब ६३ करोड रुपियाँ रहेकोमा असोज मसान्तमा ८ प्रतिशतले घटेर ११४५ अर्ब २९ करोड रुपियाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा असोज मसान्तमा १२ दशमलव ७ प्रतिशतले वृद्धि भई १७४ अर्ब ३ करोड पुगेको छ । असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव १ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्