शोधनान्तर स्थिति घाटामा



काठमाडौं, (नेस)  । 

समीक्षा अवधिमा चालू खाता १५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५ दशमलव ९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३ दशमलव ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको
छ ।

प्रतिक्रिया दिनुहोस्