बीमा क्षेत्रमा जालसाजी देखियो



काठमाडौं, (नेस) ।

बीमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बीमा समितिले निर्देशन दिएको छ । समितिले सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बीमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो ।

कानुनविपरीतका क्रियाकलापबाट बिमा व्यवसायमा नकारात्मक असर पर्ने र बिमीत तथा लाभग्राहीसमेत पीडित भई बीमाप्रति जनविश्वास घट्नाका साथै यसको साखमा समेत ह्रास आउने भएकाले यस्ता गलत क्रियाकलापमा सम्लग्न नहुन र सम्लग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्