सनराइज बैंकद्वारा लाभांश प्रस्ताव



काठमाडौं, (नेस) ।

सन्राइज बैंकले कुल ७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६ दशमलव ६५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३५ प्रशित नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र सनराइजको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले हाल कायम ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपियाँमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्