मुक्तिनाथ क्यापिटले शतप्रतिशत हकप्रद दिने



काठमाडौं, (नेस) ।

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न भएको छ । विशेष साधारणसभाले प्रस्तावित १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर निष्काशन गरेपश्चात् क्यापिटलको पुँजी वृद्धि भई ४० करोड ५० लाख रुपियाँ पुग्नेछ ।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवा तथा समेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष सञ्चालन गर्ने योजनासमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्