ग्लोबल आइएमई बैंकको थप शाखा खुले



काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंकले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ । बैंकले काठमाडौंको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरुसञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा २८६ शाखा सञ्जालसहित २५२ एटीएम, ४८ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २६२ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्