मैत्रीय सहकारीको १४औं साधारणसभा सम्पन्न



काठमाडौं,(नेस) ।

मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि सूर्यविनायक नगरपालिका भक्तपुरका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहज हुने धारणा राख्नुभयो । संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारी संस्थाहरूबीचको अस्वस्थ प्रतिस्पर्धाबाट टाढै रही मितव्ययिता, पारदर्शिता, कानुनको पालना र संस्थागत सुशासनको लागि प्रतिबद्ध रही सदस्यहरूको आर्थिक सशक्तिकरणको लागि अघि बढ्दै उत्कृष्ट सेवा दिने कुरामा मैत्रिय बचत तथा ऋण सहकारी संस्था प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

संस्थाका सचिव सुमन सिलवाल, कोषाध्यक्ष दिवाकर सिलवाल र लेखा समिति संयोजक भाइकाजी खत्रीद्वारा आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसअनुसार कुल सदस्य सङ्ख्या १४ सय रहेको संस्थाले आव २०७७÷७८ मा ३६ करोडको कारोबार गरेको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्