राष्ट्रिय वाणिज्य बैंक अध्यक्षमा पाठक



काठमाडौं, (नेस) ।

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा. बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक मंगलबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले डा। पाठकलाई अध्यक्षमा चयन गरेको हो ।

डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गर्नुभएको छ । साथै, उहाँलाई राष्ट्रिय बीमा कम्पनीको सञ्चालकको रुपमा कार्य गरेको अनुभव रहेको छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्