रावा बैंकको शाखा चौतारामा



काठमाडौं, नेस । 

राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोकको चौतारास्थित साँगाचोकगढीमा शाखा विस्तार गरी कारोबार शुरू गरेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शाखा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।

बैंकको ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्