बैंक तथा बीमा विज्ञ भट्टरराई सम्मानित



काठमाडौं, (नेस) ।

बैंक तथा बीमा क्षेत्रका विज्ञ रमेशकुमार भट्टराई सम्मानित हुनुभएको छ । वीरगन्जको रेडियो नारायणीले विशेष कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो । तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बिमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्