सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक



काठमाडौँ, (नेस) ।

नेपालको जीवन बिमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्देश्यले पोखरामा आयोजित कार्यक्रममा नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मूल नारा ‘सर्वे भवन्तु सुखिनः’ रहने उल्लेख गरिएको छ ।

नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्षश्री केशव प्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बिमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्तरूपमा अनावरण गर्नुभयो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रूपमा उपलब्ध गराउन सञ्चालक समितिबाट व्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसै गरी दश वर्षभन्दा बढी अवधिदेखि जीवन बिमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भूमिका निभाउनुभएका सफल बिमा विज्ञ तथा कम्पनीका सञ्चालक झाले उक्त कार्यक्रममा बिमाको महत्व र नयाँ लोगोको आवश्यकताको बारेमा प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्