मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालन



काठमाडौं, (नेस) ।

मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरूलाई लाभदायी बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूले १० हजारको को न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५दशमलव ५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाईल बैंकिङ्ग तथा निशुल्क इन्टरनेट बैंकिङ्गको सेवासमेत प्रदान गर्ने भएको छ ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्