पोखरामा बिश्वकै भिरालो सुपरम्यान जिपलाइन खेल्न पाइने, गिनिज बुकमा दर्ता गर्न आवेदन



काठमाडौं ।

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ुजिप फ्लायरुको फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइन खेलकोको सुरुवात गरिएको छ ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको बताइएको छ ।

समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप ९भिरालो० ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ुबिश्वकै भिरालो जिपलाइनुका रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेस महर्जनले बताए ।

बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्ने महर्जन बताउँछन् ।पोखराबाट नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरुको अदभूत दृश्यावलोकन गर्ने मौका पाइन्छ ।

३५ देखि १२० किलो सम्मका ब्याक्तीले खेल्न सक्ने जिपलाइनमा १२ बर्ष देखि माथिका ब्याक्तीले खेल्न सक्छ्न । ९४ बर्षिय बेलायतकी नागरिक जुन स्कट अहिले सम्म जिपलाइन गर्ने सबै भन्दा जेष्ठ नागरिक रहेको महर्जन बताउँछन् ।हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने साथै हरेक बर्ष जिप फ्लायर अमेरिकाका प्राबिधिकले सिफ्टी अडिट गर्ने महर्जन बताउँछन् । सो जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको बिश्वबिख्यात, उत्कृष्ट र सुरक्षीत रहेको महर्जन बताउँछन् । हाइग्राउण्डले प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको महर्जन बताउँछन् ।

नेपालीलाई ६ हजार पाँच सय र बिदेशीलाई ८ हजार पाँच सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय रहेको छ ।अगाडि माछापुच्छ्रेको दृश्यले मोहित पार्दै छ भने तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन हेर्दा मनै सिरिङ्ग हुन्छ। महर्जन थप्छन् हिमालको चिसो झोँक सँगै हुत्तिन पाउनु यहाँको अर्को आकर्षण हो ।

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रीजको मोडलमा बनाइएको टावरमा बन्जी गर्न सकिन्छ । यो नेपालकै पहिलो टावर बन्जी पनि हो ।महर्जन थप्छन् जोडिले सँगै आङ्गालो मारेर बन्जी गर्ने टेन्डम बन्जी पनि नेपालमा हामिले नै सुरु गर्यौं जुन अहिले निकै आकर्षणको केन्द्र रहेको छ ।

जिपलाइन र बन्जी गर्ने ग्राहकलाई पिक एण्ड ड्रपको ब्यवस्था पनि कम्पनिले नै गर्नेछ जसको अतिरिक्त शुल्क लाग्दैन । साथै कम्पनिले हेम्जामा छिट्टै विभिन्न एडभेन्चर खेलहरु पनि थप्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्