एभरेष्ट कुजिनले कर्मचारीहरुलाई निशुल्क शेयर बाँड्दै दशैं मनायो



सिलिकनभ्याली, क्यालिफोर्निया ।

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिलिकन भ्यालीमा रहेको एभरेष्ट कुजिन नामको रेष्टुराले बडादशैंका उपलक्ष्यमा आफ्ना कर्मचारी तथा कामदारहरुलाई निशुल्क शेयर वितरण गरेको छ ।‘कर्मचारी तथा कामदारको सेवाअनुसार हामी उहाँहरुलाई निशुल्क शेयर प्रदान गर्नेछौं, यसका लागि उहाँहरुले कुन कम्पनीको शेयर लिने हामीलाई बताइदिए पुग्छ’ एभरेष्ट कुजिनका प्रमुख प्रवद्र्धक अनिल पाण्डेले बताउनुभयो ।

केही वर्षअघि मात्र खुलेको यस रेस्टुराँले थोरै समयमै उल्लेख्य उचाइ प्राप्त गर्न सफल भएको उल्लेख गर्दै पाण्डेले हरेक ठूला चाडपर्व कर्मचारीहरुका साथ धुमधमले मनाउने गरेको पनि जानकारी दिनुभयो । ‘दशैं, दीपावली, होली र कर्मचारी तथा कामदार साथीहरुको जन्मदिन मनाउँदै हामीले पारिवारिक वातावरणमा सेवा व्यवसायलाई अघिबढाउँदै आएका छौं’, प्रेसिडेन्ट पाण्डे भन्नुहुन्छ– हामी सकेको खुशी आफ्नो टिममा शेयर गर्न चाहन्छौं, यसले हामी सबैलाई उर्जा प्रदान गर्छ ।

कर्मचारी तथा कामदारहरुमा शेयर बजारमा लगानी गर्ने, आर्थिक लाभ लिने र भविष्य सुरक्षित बनाउने अभ्यासको विकास भएको हेर्नचाहने व्यवस्थापन समूहको उद्देश्य छ, पाण्डेले भन्नुभयो– उहाँहरुले रोजेको कम्पनीको शेयर हामीले किनेर दिने निर्णय लिएका छौं, तर नगद लिने र आफै रोजेर शेयर किन्ने छुट पनि साथीहरुलाई दिइएको छ ।

‘केहीले शेयर लिने निर्णय गरेका छन् भने केहीले बैंकखाता नखोलेको कारण देखाउँदै नगद नै लिएका छन् । जे गर्नुहोस्, यो हाम्रो तर्फबाट उहाँहरुलाई विशुद्ध दशैंको उपहार हो’ एभरेष्ट कुजिनका प्रमुख कार्यकारी अधिकृत प्रिन्स युवराज कार्कीले बताउनुभयो ।‘हामीले दशैंमा काम गर्ने नेपाली कर्मचारीलाई मात्र हैन, सबै सेवाप्रदायकहरुलाई तलब मान दोब्बर बनाएकाछौं ।

शेयरको यो आर्थिकलाभ विस्तार कार्य सम्भवतः नेपाली रेस्टुराँहरुको लागि नयाँ प्रयोग हो’ कार्की थप्नुहुन्छ । कार्यक्रमबाट सम्पूर्ण एभरेष्ट टिम उत्साहित भएको हामीले पाएका छौं’ भन्नुहुन्छ एभरेष्टका म्यानेजर दीप कार्की तथा सेफ डिल्ली विक्रम थापा (सागर) ।

प्रतिक्रिया दिनुहोस्