फोर्डले ठाउँ–ठाउँमा सुविधा दिने



काठमाडौं (नेस)।

फोर्ड नेपाल (जिओ अटोमोबाइल्स प्रालि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राका लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । दसैँ र तिहारलाई मध्यनजर गर्दै आफ्ना ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो ।

फोर्ड नेपालको प्रतिनिधिसँगको कुराकानीको सन्दर्भमा चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरूको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ ।

यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरूलाई आफूले गरेको वाचा निभाउन रोड साइड असिस्टेन्स मार्फत सेवा प्रदान गर्दैछ । ‘फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ ।

यो स्थान काठमाडौंबाट बाहिरिने मुख्य बाटोमध्ये पर्दछ र नेपालको अरू स्थानमा ग्राहकको सेवा सुविधाका लागि नेपालभरि रहेको विभिन्न सर्भिस सेन्टरबाट सुविधा लिन सकिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्