एनएमबिका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउने



काठमाडौं (नेस) ।

बडादसैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले छुट अफर प्रस्तुत गरेको छ । घटस्थापनादेखि बिग मार्टबाट विभिन्न सामानको पोसमार्फतको हरेक खरिदमा १० प्रतिशतदेखि ३ सय सम्मको क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहेको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्