दसैंमा वेलनेस प्याकेज लिँदा नर्भिकमा छुट पाइने



काठमाडौ (नेस) ।

नेपाली हिन्दूहरूको महान् पर्व बडादसैंको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ ।

नर्भिक अस्पतालले दसैं अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरूका लागि छुटको घोषणा गरेको हो । अस्पतालले अक्टोबर १० देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजहरूमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।

सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रूपमा पाउनेछन् ।

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिबार सञ्चालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्