स्वतन्त्र, समृद्ध हिन्द–प्रशान्त क्षेत्रको केन्द्र भारत–अमेरिका साझेदारी : पीयूष गोयल



इन्डिया न्युज नेटवर्क ।

स्वतन्त्र, समावेशी र समृद्ध हिन्द–प्रशान्त क्षेत्रको केन्द्र भारत–अमेरिका साझेदारी रहेको भारतीय केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बताएका छन् ।

अमेरिकालाई भारतको प्राकृतिक सहयोगी भन्दै गोयलले बिहीबार साझा दृष्टिकोणको साथ दुई देशहरू आफ्नो जनताको प्रगति र समृद्धिमा साँचो साझेदार बन्न सक्ने उल्लेख गरेका छन् ।

उनी संयुक्त राज्य अमेरिका – भारत व्यापार परिषद् (यूसीबीक) को ४६ औं वार्षिक साधारण सभा र भारत आइडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै थिए । उक्त शिखर सम्मेलनको विषय‘पुनरुत्थानः बढ्दो स्वास्थ्य समस्या र प्राविधिक प्रवृत्तिहरूका बीच अन्तर्राष्ट्रिय आर्थिक सुधारको बढ्दो महत्व’थियो।

अन्तर्राष्ट्रिय रणनीतिक साझेदारीद्वारा द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय अभिसरणको आधारमा भारत–अमेरिका सम्बन्ध विकसित भएको उनले बताएका छन् ।

यस सन्दर्भमा उनले भारत–अमेरिका सम्बन्धलाई गहिरो बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति जो बाइडेनको ‘सक्रिय’ दृष्टिकोणको बारेमा बोलेका छन् ।

क्वाड नेतृत्वशिखर सम्मेलनमा व्यक्तिगत रूपमा भागलिन गतमहिना प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा गएकाथिए । सोही सन्दर्भमा गोयलले दुई नेताहरूको पहिलो व्यक्तिगत भेट ‘अत्यन्त  फलदायी’भएको बताएका छन्।

अमेरिकाको प्रमुख रक्षा साझेदारको रूपमा भारतले मान्यता पाएको उल्लेख गर्दै गोयलले ऊर्जा, स्वास्थ्य, व्यापार र नवाचार जस्ता क्षेत्रहरूमा संवादका लागि व्यापारिक सम्बन्धमा सुधार गर्न र दुवै देशका जनतालाई राम्रो सेवा र अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

उनले भनेकाछन् –‘भारत र अमेरिकाको साझेदारीले नेतृत्वको भूमिका निर्वाह गर्नुपर्दछ । प्रविधि, वित्त, उत्पादन र आपूर्तिमा भारत र अमेरिकाले पूरक शक्तिहरूको उपयोग गर्नुपर्दछ । साथै इलेक्ट्रोनिक उत्पादन, फिनटेक, एड–टेक,स्वास्थ्य, जैव प्रौद्योगिकी फार्मा र सहयोगमा पारस्परिक समर्थन वृद्धि गर्न पनि आवश्यक छ ।’

भारत अमेरिका सम्बन्धमा‘एकता, शक्ति, समावेशीकरण, साहस र प्रतिबद्धता’ वृद्धि का लागि यूसीबीकले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा तिनको प्रशंसा गर्दै उनले ४६ वर्षदेखि भारत अमेरिका बीच बलियो व्यापारिक सम्बन्ध स्थापित गर्न यूसीबीकले एक पुलको रूपमा कार्य गरेको बताएका छन् ।

उनले बताएका छन् – ‘कोभिड १९ महामारीले हामीलाई आपूर्ति शृंखलाला गतमा  मात्र नभई विश्वासमा पनि आधारित हुनु पर्ने पाठ पढाएको छ । अन्तर्राष्ट्रिय मूल्य शृंखलामा एक ठूलो मददगार बन्न भारतले विविध क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न चाहेको छ ।’कोभिड पछिको विश्वमा आपसी विश्वास घट्दै गएका प्रति चिन्ता व्यक्त गर्दै गोयलले भारत अमेरिका सम्बन्धलाई लचिलो बनाउन आग्रह गरेका छन् ।

अस्ट्रेलिया, युएई, ईयू र यूकेजस्ता समान विचारधारा भएका मुलुकसँग भारतले एफटीएमा कुराकानी गरिरहेको वाणिज्य तथा उद्योग मन्त्रीले जानकारी दिएका छन् । प्रतिस्पर्धी र तुलनात्मक धार भएका २४ क्षेत्रहरूलाई सुदृढ बनाउन भारत केन्द्रित रहेको उनले बताएका छन् ।

उनले भनेका छन् – ‘भारतले लगानी बढाउन, आफ्नो कर व्यवस्थालाई सरल बनाउन, एफडी आई नीतिलाई उदार बनाउन र आविष्कार, नवाचार, अनुसन्धान र विकासलाई प्रोत्साहित गर्न प्रयास गरिरहेको थियो । विश्वले अब भारतलाई एक विश्वसनीय साझेदार र विश्व अर्थतन्त्रमा एक प्रेरक शक्तिको रूपमा हेरेको छ ।

भारत अब विश्वमा तेस्रो ठूलो स्टार्ट अप पारिस्थितिको मन्त्र बनेको छ । भारत ‘आत्मनिर्भर भारत’ को बाटो मा दौडिरहेको छ। यस मन्त्रले भारतलाई अझ खुल्ला बनाउनेछ र विश्व राष्ट्रहरूसँग मिलेर काम गर्न सशक्त बनाउने छ ।

भारतले ‘स्वदेशमानिर्माण’ बाट ‘विश्वको लागि स्वदेशमा निर्माण’ को नीति अपनाएको छ । भारतले आफ्नो घरेलु उद्योगलाई सुदृढ बनाउँदै लागत–प्रतिस्पर्धाको साथ गुणस्तर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्