नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



न्युज अफ नेपाल, काठमाडौं ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर मात्र ३.९ प्रतिशत रहने अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले अनुमान गरेको हो ।

खोप अभियानमा वृद्धि, विदेशी कामदार र पर्यटकको फ्लो बढेपछि यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ । यस्तै सन २०२१ मा भने भने नेपालको आर्थिक वृद्धि १ दशमलव ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।बिश्व बैंकले दक्षिण एशियाली आर्थिक फोकस प्रतिवेदन सार्वजनिक गर्दै चालु बर्षको तुलनामा आगामी बर्ष आर्थिक वृद्धिदर बढेपनि अझै पूर्वमहामारी विकास औषत भने न्युन रहेको बताएको छ ।

दक्षिण एशियाका धेरैजसो देशहरु रिकभरीको बाटोमा लम्किरहेपनि यसको अवस्था भने नाजुकै रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय बढिरहेको विश्व अर्थव्यवस्था सुधार, वस्तुको मागलगायतले यहाँको जनजिवन विस्तारै सामान्य बन्दै गएको देखिन्छ । तर, नेपाली अर्थतन्त्र भने आफ्नो आर्थिक पुनर्उत्थानमा संवेदनशिल देखिएको प्रतिवेदनमा उल्लेख छ । जसका कारण पछिल्लो समय नेपालले आर्थिक पुनर्उत्थानमा फड्को मारिरहेको छ ।

महामारीपछि धेरै देशहरुले संकटका बीच पुनर्उत्थानको पाठ सिकेको र बहन गरेको नेपाल, श्रीलंका र माल्दीभ्सका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदाद जर्भसले बताए ।विश्व बैंकको प्रतिवेदन अनुसार दक्षिण एशियाली मुलुकहरुमा सन २०२१ र २२ मा विकासशिल परियोजनाहरुको वृद्धि ७ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यस्तै, दक्षिण एशियाको बार्षिक वृद्धिदर पनि २०२० देखि २३ सम्ममा औषतमा ३ दशमलव ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्