मेगा बैंकले गढीमाईका किसानलाई सहुलियत कर्जा दिने



काठमाडौं, (नेस) ।

मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो ।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवम् माछा मासु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्