एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर पल शाह



काठमाडौं, (नेस) ।

एनएमबि बैंकले नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

शाहसँंगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गर्नु भयो ।
बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्