एनएमबिको एपीआईमा आधारित भिडियो केवाईसी



काठमाडौं‚ (नेस) ।

एनएमबि बैंकले भिडियो केवाईसी एक भिडियो कलमा आधारित ५ मिनेटमै देश विदेशबाटै खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल माफर्त अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्