फोरमले ५ बुँदे माग अघि सार्‍यो



काठमाडौं‚ (नेस) ।

नेपाल इन्भेष्टर्स फोरमले शेयर बजार निरन्तर घट्न थालेपछि बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेकोे छ । फोरमले लगानीमैत्री नीति निर्माणमा जोड दिँदै बजारप्रति जनताको आकर्षण बढाउन र लगानी सुरक्षाको प्रत्याभूति दिलाइ बजारको विश्वसनीयता बढाउन नीतिगत सुधार आवश्यक रहेको जनाएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकको मौद्रिक नीति‚ २०७८ र एकीकृत निर्देशिकामा राखिएको शेयर धितो कर्जामा रहेको सीमासम्बन्धी व्यवस्था खारेज गर्नुपर्ने‚ नयाँ ब्रोकर संख्या थप्नुपर्ने‚ बैंकका सहायक कम्पनीलाई ब्रोकर अनुमति दिनुपर्ने‚ ब्रोकर कमिसन घटाउनुपर्ने‚ बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखको नियुक्ति यथाशक्य चाँडो गर्नुपर्नेलगायत माग फोरमले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्