नेप्सेमा गिरावट



काठमाडौं‚ (नेस) ।

साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्जका (नेप्से) परिसूचकमा गिरावट कायमै रहेको छ । यस दिन नेप्से ६ दशमलव ६८ अंकले घटेर २५७० दशमलव ८१ अंकमा पुगेको छ । कुल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुयिपयाँ कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरू बजार पुँजीकरण घटेर ३५ खर्ब ९८ अर्ब ६८ करोड ६८ लाख ८० हजारको हाराहारीमा झरेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ समूहमध्ये चार समूहका शेयर उकालो लागेका छन् । होटल तथा पर्यटन १२ दशमलव ८‚ जीवन बीमा पाँच दशमलव ६२‚ लघुवित्त ७२ र अन्य २१ दशमलव ६१ अंकले बढेका छन् ।

यस्तै बैंकिङ तीन दशमलव ८८‚ विकास बैंक ८६ दशमलव ४‚ वित्त ५२ दशमलव ९३‚ जलविद्युुत् ६५ दशमलव शून्य ८‚ लगानी शून्य दशमलव ६४‚ उत्पादन ३२ दशमलव ४३‚ सामूहिक लगानी कोष शून्य दशमलव १०‚ निर्जीवन बीमा १३ दशमलव १७ अंकले घटेका छन् । कारोबारका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड १२ लाख १६ हजार रुपियाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक ११ करोड ३५ लाख १४ हजार‚ हिमालयन डिस्टिलरी १० करोड २९ लाख ९६ हजार‚ नेसनल हाइड्रोपावर ९ करोड ५४ लाख १३ हजार र रैराङ हाईड्रोपावर ९ करोड २२ लाख ७४ हजार रुपियाँमा कारोबार भएको छ ।

लगातार घटेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको । त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी‚ सपोर्ट लघुवित्त‚ मिथिला लघुवित्त‚ महिला लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । तर‚ मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ३८‚ दिव्यश्वरी हाइड्रोपावर सात दशमलव १९‚ राधी विद्युत् कम्पनी छ दशमलव ५७‚ माउन्टेन हाइड्रोपावर छ दशमलव २३ र ङादी ग्रुप पावरका लगानीकर्ताले ६ दशमलव शून्य ८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्